धरान । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको सुनसरीस्थित भुटाहा शाखाले सपोर्ट क्याम्प सञ्चालन गरेको छ ।
ग्राहकहरूको समस्यालाई समाधान गर्ने उद्देश्यले यही साउन १६ गते क्याम्प सञ्चालन गरिएको हो । सपोर्ट क्याम्पमा फिल्ड सपोर्ट, राउटर साट्ने, सुस्त इन्टरनेट फाइबर परिवर्तनलगायतका सेवा दिइएको थियो ।
क्लासिक टेकले ग्राहकको घरघरमा पुगेर सेवा दिएको जनाएको छ । भुटाहा, धुम्की र जल्पापुरमा सम्पर्क गरी सेवा लिन कम्पनीले आग्रह गरेको छ ।