Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • एक हजार वृद्धभत्ता वृद्धि, १३ लाख ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित 

एक हजार वृद्धभत्ता वृद्धि, १३ लाख ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित 

alt
  • जेठ १५, २०७६
  • रासस 
 
काठमाडाैं / सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता मासिक रु एक हजारका दरले वृद्धि गरिएको घोषणा गरे । ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण गर्ने नीतिअनुसार सरकारले ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई प्रदान गरिएको मासिक भत्ता रु दुई हजारबाट बढाएर रु तीन हजार पु¥याएको छ । यस्तै ६० वर्ष उमेर पुगेका दलित, कर्णालीका ज्येष्ठ नागरिक एवं पूर्ण तथा आंशिक अपांगता भएका नागरिक उक्त सामाजिक सुरक्षा भत्तामा समेटिनेछन् ।
यसबाट करीब १३ लाख ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ । त्यस्तै अतिअशक्त, अपाङ्ता भएका, एकल महिला, लोपोन्मुख आदिवासी जनजातिसमेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा मासिक रु एक हजार वृद्धि गरिएको छ । यसबाट राज्यको संरक्षण आवश्यक पर्ने करीब नौ लाख व्यक्तिको जीवनयापनमा सहजता आउने अपेक्षा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको निर्वाचनका क्रममा जनताका सामु गरेको प्रतिबद्धताअनुसार उक्त सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको हो ।
यस्तै शहीद तथा बेपत्ता परिवार र घाइते योद्धालाई सामाजिक सुरक्षाको दायरामा ल्याइने नीति बजेटले अवलम्बन गरेको छ । लामो समयदेखि सामाजिक सुरक्षा भत्ता वृद्धिको माग हुँदै आएको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले रु १०० बाट शुरु गरेकाे वृद्ध भत्तालाई आम नागरिकले कम्युनिष्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिने गरेका छन् । नेकपाले निर्वाचनका क्रममा पाँच वर्षभित्र सामाजिक सुरक्षा भत्ता प्रतिमहिना रु पाँच हजार पु¥याउने घोषणा गरेको थियो । ज्येष्ठ नागरिकमा रहेको ज्ञान र सीप लाई अन्तरपुस्ता हस्तान्तरण गर्न सहयोग पुग्ने गरी प्रत्येक स्थानीय तहमा संघ, प्रदेश र स्थानीय तह तथा निजी क्षेत्र सहकार्यमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गरिने छ । तत्कालीन अर्थमन्त्री डा बाबुराम भट्टराईले रु १७५ बाट वृद्धि गरी रु ५०० पु¥याउनुभएको उक्त सामाजिक सुरक्षा भत्ता तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले मासिक रु दुई हजार पु¥याएका थिए । 
सम्बन्धित समाचार
जाली नोटसहित दुई पक्राउ

धरान । सुनसरीको कोशी गाउँपालिका–८ भीमनगर बोर्ड पोष्टनजिकै जाली नोटको काराबो ...

जनताको आवाज बोलिरहने यी सांसद्

धरान । कतिपय जनप्रतिनिधि पदमा पुगेपछि मौन बस्न थाल्छन् । न जनताको आवाज हुन् ...

खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर

मोरङ । कोशी प्रदेशमा गत आर्थिक वर्ष कुल ११ लाख ८२ हजार २ सय २१ मेट्रिक टन व ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जाली नोटसहित दुई पक्राउ
जनताको आवाज बोलिरहने यी सांसद्
खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर
रातभरि रुखमा बाँधेर राखेपछि ...
बीपीमा उपकुलपतिः योग्यता कि राजनीतिक भागबण्डा ?
आजको राशिफलः २०८२ साल साउन २२ गते बिहीबार
सहरी सुशासनमा मिडियाको भूमिकाबारे ‘मिडिया वर्कसप’
सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु
कक्षा १२ को परीक्षाफलः धरानका विद्यालयहरूको नतिजा
ट्रान्सफर्मर चोरी घटना: चोरी गर्ने र किन्नेसहित १२ पक्राउ
बीपीको फार्मेसीका कर्मचारी आन्दोलित
कक्षा १२ को परीक्षाफलः कोशीमा ५९.८० प्रतिशत उत्तीर्ण
पाँच दिनदेखि बेपत्ता दाजुबहिनी मृत फेला
६ अर्बः ‘ऋण वा अनुदान’ अन्यौलता कहिलेसम्म ?
आजको राशिफलः २०८२ साल साउन २१ गते बुधबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved