ब्लाष्टखबर । केहि दिनदेखी काठमाडौंमा महिलाहरुमाथि श्रृखलावद्ध रुपमा ‘सिरिन्ज’ आक्रमण पक्राउ परेका छन् ।
रातकाे समयमा एक्लै हिड्ने मिहलालाई लक्षित गरी सिरिन्जले घाेपेपछि रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा धेरै मानिस त्रासमा बनेका थिए ।
उक्त अाक्रमणकाे संकामा पहरीले महाराजगञ्जमा हाेटल व्यावसाय गर्ने सन्ताेष कार्कीलाई पक्राउ गरेकाे छ । पक्राउ परेका का सन्ताेषले ढल्कु र पकनाजोल क्षेत्रमा अाफूले महिलामाथी सिरिन्ज नभएर काठडकाे सुइराे र ढलान किल्लाले घाेचेकाे बताएका छन्र ।
घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
उनले अाक्रमण गर्नुकाे कारण रमाइलाेकाेलागि बताएकाे प्रहरीले जनाकारी दिएकाे छ । उनको बयानलाई प्रहरी विश्वास गरिनसकेकाे र घटनाबारे अनुसन्धान भइरहेकाे महानगरीय प्रहरी अपराध महाशाखाकाले जनाएकाे छ ।
घटनाका पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको जनाइएकाे छ ।