देउराली । धरान उपमहानगपालिका ८ स्थित सभागृह मार्ग शंकास्पद अवस्थामा रहेका स्कुटर सवार दुई जनालाई लागुऔषधसहित पक्राउ गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले को ८ प २१९१ नम्बरकाे स्कुटरमा शंकास्पद अवस्थामा हिडिरहेका धरान उपमहानगपालिका १५ बस्ने बर्ष ३७ को अर्जुन तामाङ र बर्ष ३४ को जिवन राना मगरलाई सभागृह मार्ग सडकमा राेकेर चेक जाच गर्ने क्रममा उनिहरूकाे साथबाट डाईजेलाप ३० एम्पुल लुपिजैसिक २९ एम्पुल र फेनारगन २९ एम्पुल समेत जम्मा ८८ एम्पुल फेला परेकाे छ ।
उनिहरूलाई नियन्त्रमा लिई अनुसन्धान सुरु गरेकाे ईलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।