विराटनगर /  जिल्ला प्रहरी कार्यालय मोरङले नावालिकालाई यौन दुव्र्यहार गरेको आरोपमा एक जना आफन्तलाई पक्राउ गरेको छ । २ वर्ष ६ महिनाको एक नावालिकालाई यौन दुव्र्यहार गरेको आरोपमा प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्ने पीडित नावालिकाको आफन्त रहेको प्रहरीले जनाएको छ । अन्दाजी २३ वर्षीय रहेका प्रतिवादी पीडितका आफन्त रहेका हुन् । घरमा कोही नभएको बेला ती नावालिकालाई यौनजन्य क्रियाकलापहरू गर्ने गरेका थिए । घरमा पीडित बालिकाको आफन्तले मोरङ प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए । प्रहरीले पक्राउ गरेकालाई मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गत बाल यौन दुरूपयोग कसुर अन्तर्गत जिल्ला अदालत मोरङबाट शुक्रबार म्याद थप गरि अनुसन्धान भइरहेको छ ।