Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • मकै पोलेर जीवन धान्दै

मकै पोलेर जीवन धान्दै

alt file photo
  • असार १७, २०७६
  • रासस

एकातिर घामको ताप, अर्कोतिर आगोको राप । छैसठ्ठी वर्षीया जसमती रोकाको शरीर पसिनाले निथ्रुक्क भिजेको छ । हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् । हिजोआज मध्याह्नपछि रोकाको दैनिकी यसरी नै बित्छ । समीक्षालयचोक छेउमा सानो पाल टाँगेर मकै पोल्नु, बेच्नु रोकाको दैनिकी हो । मकै पोल्नेमा रोका एक्ली भने हाेइनन् । एकाउन्न वर्षीया टीकाकुमारी घर्तीको साथ उनलाई छ ।

दुवै जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाबाट १५ वर्षअघि बागलुङ बजार झरेका हुन् । “यसरी मकै पोलेर बेच्न थालेको छ वर्षजति भयो”, घर्तीले भनिन्, “हाम्रो कमाइ, पेशा यही हो ।” वर्षेनी जेठदेखि साउनसम्म मकैको व्यवसाय चल्छ । बाँकी महीनामा रोकाले सुन्तलालगायत मौसमी फलफूल बेच्ने गर्छन् ।

घर्तीले भने घरमै झोला, स्वीटरजस्ता हस्तकलाका सामग्री बुनेर बिताउछिन् । मकै पोलेर बेच्दा ठूलोको प्रतिगोटा रु ३० पर्छ र सानाको रु २५ पर्छ । काँचो बेच्दा भने ठूलोलाई रु २५ र सानोलाई रु २० बेच्ने गरिएको रोकाले बताइन् ।

“हामीले किनेर ल्याउँदा एउटालाई रु १५÷२० सम्म पर्छ”, उनले भनिन्, “दाउरा किनेर, पोलेर बेच्दा थोरै फाइदा निक्लन्छ ।” मकै पोल्नेले फर्निचरबाट प्रतिकिलो रु १५ तिरेर दाउरा किन्ने गरेका छन् । दिनमै १०० भन्दा बढी मकै बिक्री हुने गरेको घर्तीको अनुभव छ । यसरी किनबेच हुँदा दिनमा रु तीन हजारसम्मको कारोबार हुन्छ । मकै पोलेर बचेको पैसाले घर खर्च धानिएको रोका र घर्तीले बताइन् ।

ठूलो आम्दानी नभए पनि मेहनतअनुसारको फल पाउँदा खुशी लाग्ने गरेको उनीहरुको भनाइ छ । घर्तीले दुई छोरा र एक छोरीसहितको परिवारलाई पालनपोषण गर्दै आएकी छिन् । श्रीमान्ले दोस्रो श्रीमती बिहे गरेपछि बालबच्चाको हेरचाह घर्तीले गर्दै आएकी छिन् ।

रोकाका पाँच भाइ छोरा भने सबै वैदेशिक रोजगारीमा छन् । उनले बजारमा बसेर आफ्नै परिश्रममा जीवन धानिरहेकी छिन् । घर्ती र रोका तत्कालीन द्वन्द्वको अवस्थामा गाउँ बस्न नसक्ने अवस्था भएपछि सदरमुकाम झरेका थिए । बागलुङ बजारमा मकै पोलेर जिवीका चलाउने महिला अरु पनि छन् । मुख्य सडक र चोकमा बागलुङ नगरपालिकाले मकै पोल्न नदिएपछि भित्री सडकमा उनीहरुको व्यवसाय सरेको छ । मकै नपाइने याममा भने मौसमी फलफूल, तरकारी, बदाम आदि बचेर महिलाले आयआर्जन गर्दै आएका छन् ।

सम्बन्धित समाचार
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना

धरान । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले २०७५ साल चैत २३ गते ...

जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल

विराटनगर । मोरङको विराटनगरमा जिउँदो व्यक्तिलाई मृत्यु भएको भनी कागजपत्र बना ...

फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ

धरान । सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनसरीको धार्मिक सर्किट: रोकिएको एउटा सपना
जिउँदोलाई मृतक बनाई जग्गा हडप्ने खेल
फेसबुक म्यासेन्जरबाट ठगी गर्ने पक्राउ
कोशीटप्पु क्षेत्रबाट विस्थापितलाई न्याय देऊ
इटहरी उपमहानगरको बजेट २ अर्ब ५५ करोडः मजदुर र सामान्य नागरिकलाई बजेटले समेटेन
भद्रपुरबाट ठूलो परिमाणमा लागूऔषध र सवारी साधनसहित चारजना पक्राउ
भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
स्थानीय तहको बजेट र यथार्थ
आजको राशिफलः २०८२ साल असार १२ गते बिहीबार
धरानमा एक युवालाई भयो रेबिज
निवर्तमान उपकुलपतिसहित बीपी प्रतिष्ठानमा हाले १३ जनाले उपकुलपतिमा आवेदन
विराटनगरको सेन्ट जोसेफ स्कुलमा होटल म्यानेजमेन्टको गुणस्तरीय शिक्षा
विराटनगरको बजेट चार अर्ब ४० करोड
बजेट ल्याउनमा धरान असफल
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved