Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • संस्कृति
  • रजस्वला नभएका कन्याको पूजा

रजस्वला नभएका कन्याको पूजा

alt
  • भदौ ३, २०७६
  • रासस (राजकुमार पराजुली )
 
रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका) लाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्ने गरिन्छ ।
विशेषगरी जिल्लाको मुख्य शहर बनेपामा धुमधामका साथ कन्या पूजा आयोजना गरिन्छ । बनेपा नगरमा यो पूजाको इतिहास ११७ वर्ष पुरानो हो । बनेपामा वर्षमा दुईपटक कन्या पूजाको आयोजना गरिन्छ ।
टिकट दिएर गरिने पूजा जहाँ वर्षेनी करीब दुई हजार ५०० कन्या पूजिन्छन् । नेवाः कन्या पूजा नाम दिइएको टिकलवाला कन्या पूजा आज बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना भएको छ । “हामीले यसलाई वर्षौँदेखि निरन्तरता दिइरहेका छौँ, यसको आफ्नै मान्यता रहेको छ”, नेवाः कन्या पूजा प्रबन्ध समितिका अध्यक्ष रत्नभक्त पोटेले भने ।
 
अर्को, बिनाटिकट, स्वतःस्फूर्त गरिने कन्या पूजा कृष्ण जन्माष्टमीका दिनमा वर्षेनी करीब आठ हजार कन्या सहभागी हुने गर्दछन् । बनेपा नगरको भोलाखाँटोलदेखि लायकु दरबार तथा पुरानो बजारको दायाँबायाँ चारदोबाटोसम्म पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । १० वर्षमुनिका कन्यालाई पुज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ ।
 
कन्यालाई पुज्न काठमाडाैं, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेका सनातन कन्या पूजा प्रबन्ध समितिका सदस्य प्रकाश कायस्थले जानकारी दिए । उनका अनुसार समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् ।
 
पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाइदिने प्रचलन छ । पूजामा जिल्लाको मात्र नभई छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाडौँका कन्याको पनि सहभागिता रहने गर्दछ । यस अवसरमा बनेपालीका घरमा आफन्तको आउने जाने क्रम चलिरहन्छ । बनेपालीले विसं १९५९ देखि रजस्वला नभएका कन्याको पूजा गर्दै आएका हुन् ।
 
स्थानीय समाजसेवी लम्बोदर कायस्थले भन्नुभयो, “रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरुमा सुख, शान्ति, समृद्धि छाउने जनविश्वास छ ।” जिल्लाका विभिन्न स्थानमा वर्षेनी १५ हजारभन्दा बढी कन्या पुजिन्छन् । बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तती मानिने भएकाले कुनै जाति या वर्गका आधारमा भेदभाव नराखी पूजा गरिन्छ ।
 
बनेपा–३ भोलाखाँटोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या पूजा शुरु हुने गर्दछ । स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए ।
 
सोही प्रचलनअनुरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आइए पनि केही वर्षदेखि नेवार समुदायका साथै विभिन्न जातजातिका कन्यासमेत पुजिँदै आएका छन् । विगत केही वर्षदेखि जिल्लाका अन्य स्थानमा पनि कन्या पूजाको आयोजना गर्दै आइएको छ । कृष्ण जन्माष्टमीका दिन बनेपा नगरका साथै जिल्लाका बुडोल, दोलालघाट, भैँसेपाटी, धनेश्वर, धुलिखेल, दाप्चा, साँगा र पनौतीमा पनि कन्या पूजाको आयोजना गरिन्छ ।
सम्बन्धित समाचार
जेलबाट छुटेर पनि मन्टुको उही धन्दा

विराटनगर । ठगी र आपराधिक लाभ लिएको मुद्दामा दुई वर्ष कारागार बसेर सफाइ पाएक ...

एयर इन्डियाको विमान दुर्घटना हुँदा २०४ को मृत्यु

धरान । एयर इन्डियाको फ्लाइट नम्बर एआइ १७१ विमान भारतको गुजराज राज्यको अहमदा ...

जनप्रतिनिधि र टोलविकास संस्थाबीच छलफल

धरान । आफ्ना वडामा भएका टोलहरूको विकास निर्माण, प्राकृति विपद्, स्वास्थ्य स ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जेलबाट छुटेर पनि मन्टुको उही धन्दा
एयर इन्डियाको विमान दुर्घटना हुँदा २०४ को मृत्यु
जनप्रतिनिधि र टोलविकास संस्थाबीच छलफल
विपिन झालाई उन्मुक्तिः जनस्वास्थ्यमा खेलवाडको निरन्तरता
आजको राशिफलः २०८२ साल जेठ ३० गते शुक्रबार
पर्यटक जनशक्ति उत्पादन गर्न तालिम
भारतको जोगवनी लगेर धरानका किशोरको मोबाइल लुटपाट: फिरौती माग्दै भागेका दुई अभियुक्त पक्राउ
राजस्व छली प्रकरणः न्युट्रास्युटीकलका अध्यक्ष बिपिन झा डेढ करोड धरौटीमा रिहा
मेचीनगरमा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोली
सुनकाण्डका प्रतिवादी अमिर पक्राउ
पूर्व राष्ट्रपतिको दौडाहाले ल्याएको तरङ्ग
टिप्पणीः पूर्व राष्ट्रपतिको देशविदेश दौडाहाको अर्थ
तराईमा उखरमाउलो गर्मी
कोशीमा अपराध बढेको बढ्यै
डेङ्गु नियन्त्रणमा स्थानीय तहको जिम्मेवारी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved