विराटनगर /  विराटनगर महानगरपालिका १६ स्थित एक युवाको मृत अवस्थामा शव फेला परेको छ । अन्दाजी २०÷२५ वर्षको देखिने युवाको शव बुधबार विराटनगरस्थित जुट मिल र सुगर मिलको सिमानामा फेला परेको थियो ।
गहु गोरो वर्णन भएको ५ फुट १ ईन्च उचाइ, कलो छोटो कपाल , सेतो भेष्ट, सेतो हाप्पेन्ट, रातो पुरानो पेटी, हरियोमा पहेलो रङ भएको पुरानो फित्ते चप्पल हेर्दा मंगोलियन जस्तो देखिने नाम थर, वतन नखुलेको पुरुष मानिस मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
मृतक केही समय अघि लागू औषधको नशामा झुलिरहेको अबस्थामा देखेको स्थानिय प्रत्यक्षदर्शीहरूले प्रहरीलाई बताएका छन् । अत्याधिक लागूऔषध सेवन गरि ओभर डोज भएर मृत्यु भएको प्रहरीले आशंका गरेको छ । मृतकको लाशको घटनास्थल लाशजाँच मुचुल्का समेतको अनुसन्धान कार्य पुरा गरी शव पोष्टमार्टमको लागी कोशी अञ्चल अस्पतालको शव गृहमा सुरक्षित राखिएको मोरङ प्रहरीले जनाएको छ । मृतकको आफन्त हाल सम्म कोही फेला नपरेकाले मृतकको पहिचान खुलाउने उद्देश्यले मोरङ प्रहरीले सार्वजानिक रुपमा सामाजिक सञ्जालमार्फत सूचना पनि जारी गरेको छ ।