Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • पोल गाडेको दुई वर्षपछि बिजुली

पोल गाडेको दुई वर्षपछि बिजुली

alt
  • भदौ १३, २०७६
  • ब्लाष्ट खबर

ब्लष्टखबर । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ भमिखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न शुरु भएको छ ।

सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको थियो । स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको कामले २०७४ सालबाट पोल गाड्ने र तार टाँग्ने काम शुरु गरिएको थियो ।

“हामीले धेरै प्रयत्नका साथ शुरु गरेको काम दुई बर्षपछि पोल गाड्ने र तार टाँग्ने काम शुरु गर्यौ”, स्थानीयवासी फुर्साङ तामाङले भने, “अब पोल गाडेको र तार टाँगेको दुई वर्षपछि नै बत्ती बाल्न शुरु गर्यौ ।” नेपाल विद्युत् प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागअन्तर्गत नयाँ किरण विद्युत् सहकारी संस्थाले विसं २०७० माघ १० गतेबाट थालिएको पहलले छ वर्षपछि साकार रुप पाएको हो ।

तामाङका अनुसार वडा नंं १२ को शिखरपुर, घ्याङडाँडा, जुवाडाँडा, केराबारी र ठाडेलगायतका ठाउँमा मिटर जडान गरी हाउस वाइरिङको कामसमेत सम्पन्न भइसकेको र वडा नं ११ को कत्तरचेमा पनि मटिर बक्स जडान गरी हाउसवाईरिङको काम सम्पन्न भएको छ । उनका अनुसार पहिलो चरणमा ति ठाउँमा गरी करीब ७०० घरधुरीमा बत्ती बाल्ने र पछि विस्तारै बाल्दै जाने प्रक्रिया रहेको छ ।

अहिले मुख्य लाइनमा विद्युत् प्रसारण गरी मुख्य ट्रान्समिटर १०० केभिए र सहायक ट्रान्समिटर ५० केभिए भोल्टेजका सात वटा ट्रान्सफरमरको चार्जिङ प्रक्रिया थालेसँगै परीक्षण प्रशारण सफल भएको गाउँपालिका वडाध्यक्ष रामबहादुर मोक्तानले बताए ।

अहिले सो ट्रान्समिटर चार्ज गर्ने काम भइरहेको उनले बताए । “अहिले मुख्यसहित गरेर चार्ज गर्ने काम गरिरहेका छौँ, विद्युत् प्राधिकरण र सहकारी संस्थाबीचको समन्वयपश्चात् हामी सहायक लाइनमा विद्युत् प्रसारणको काम अगाडि बढाउँछौँ”, उनले भने । कार्यक्रमअनुसार पहिलो चरणमा विद्युतीकरण सम्पन्न भएका वडा नम्बर १२ का सबै र ११ का करीब ६० प्रतिशत घरमा विद्युत् लाइन प्रसारण हुने जनाइएको छ ।

बाँकी घरमा छिट्टै मिटर जडानसँगै हाउस वाइरिङ सकेपछि भीमखोरीका घर झिलीमिली हुने विद्युतीकरण कार्यक्रम तथा सहकारीका प्रबन्धक धु्रव रायमाझीले बताए । उनका अनुसार पहिलो चरणको कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको ९० प्रतिशत र स्थानीय जनताको १० प्रतिशत गरी रु पाँच करोड १७ लाख लागतमा करीब एक हजार घरधुरीले बत्ती बाल्ने रायमाझीले बताए ।

सम्बन्धित समाचार
सुँगुर फार्ममा भारतीय नागरिक मृत भेटिए

भद्रपुर । बिर्तामोड–६ स्थित सुँगुर फार्ममा एकजना मानिस मृत फेला परेका छन् । ...

औपचारिक पत्रमा अशिष्ट भाषाः धरानका नगर प्रमुख साम्पाङको शैलीमाथि प्रश्नै प्रश्न

धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले धरानको छात ...

कोशीमा बढ्दो पारिवारिक हत्या

विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय पारिवारिक अपराधको भयावह रूप देखिन थाले ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुँगुर फार्ममा भारतीय नागरिक मृत भेटिए
औपचारिक पत्रमा अशिष्ट भाषाः धरानका नगर प्रमुख साम्पाङको शैलीमाथि प्रश्नै प्रश्न
कोशीमा बढ्दो पारिवारिक हत्या
पूर्व राष्ट्रपतिको सक्रियहताले ओेलीलाई त्रास
सहकालको स्वागतमा राँकेभूत जलाउने सिक्किमेलीहरू
आजको राशिफलः २०८२ साल साउन ८ गते बिहीबार
कोशी प्रदेशमा एक बर्षमा झण्डै २७ हजार केजी गाँजा बरामद
धरान–चतरा खण्डको दुई खोलाका पुल सुचारु
रोटरी क्लबको पदस्थापन सम्पन्न
काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात
महानगरको राजस्व सङ्कलन लक्ष्यभन्दा कम
बोलेरो दुर्घटनामा नौ घाइते, पाँचको अवस्था गम्भीर
धरानमा गोरु काटेर खाएको आरोपमा ७ जना पक्राउ
विकेन्द्रीकरणः सिद्धान्त सही, कार्यान्वयन कमजोर
आजको राशिफलः २०८२ साल साउन ६ गते मङ्गलबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved