धरान । ज्यान मार्ने उद्योगमा फरार अभियुक्तलाई धरान प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ २९ गते साँझको समयमा धरान–१५ का १५ वर्षीय दीपक लिम्बूमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका गम्बरे भनिने दीपन लिम्बूलाई पक्राउ गरिएको हो । धारिलो हतियार प्रहारका कारण दीपकको बायाँ हातमा चोट लागी गम्भीर घाइते बनेका थिए । उनलाई ज्यान मार्ने उद्योगमा इलाका प्रहरी कार्यालय धरानले उजुरी दर्ता गरेको थियो ।
घटनास्थलबाटै फरार रहेका उनलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुन्धान अगाडि बढाइएको इप्रका धरान सूचना शाखाले जानकारी दिएको छ । आक्रमणमा संलग्न दीपन भने १९ वर्षीय हुन् ।