सुनसरी/ दशैं तिहारलाई लक्षित गरी इटहरीको ओसियन पार्कमा आकर्षक डिजाइन र सरल मूल्यमा कपडा बिक्री शुरु गएिको छ ।
इटहरीमै उत्पादन शुरु गरेको सगरमाथा गार्मेन्ट उद्योगले उत्पादन गरेका कपडाहरू सपथ मूल्यमा बिक्री शुरु गरेको सञ्चालक डम्बर तामाङले बताए ‘आजको बजारको माग अुनसार सर्वसाधारणलाई लक्षित गरी कपडा उत्पादन गरेका छौं, सञ्चालक तामाङले भने ‘अहिले हामीले ५१ आइटमका कपडाहरू उत्पादन गरेका छौं ।’
दशैं तिहारको लागि ओसियन पार्कमा गएर कपडा खरिद गर्ने वा स्टल अवलोकन गरे वापत् निःशुल्क स्न्याक्सको समेत व्यवस्था गरेको तामाङले जानकारी दिए । उद्योगमा महिला तथा पुरुषका लागि आवश्यक हुने कपडाहरू उत्पादन गरेको उनले बताए ।
सगरमाथा गार्मेन्टले उत्पादन गरेका कपडा इटहरी धरानलगायतका डिपार्टमेन्ट स्टोरमा पनि उपलब्ध छन् । असोज १ गतेदेखि सगरमाथा गार्मेन्टस्द्वारा उप्तादित महिला, पुरुष तथा बच्चाहरूको लागि हुने सुहाउँदो र अन्तर्राष्ट्रिय गुणस्तरका तयारी पोसाकहरू सस्तो मूल्यमा उपलब्ध गराइँदै आएको सञ्चालक तामाङले बताए ।
यता, रोजगारीको खोजीमा युवा जनशक्ति दैनक विदेशिइरहँदा सुनसरीको इटहरीमा रहेको सगरमाथा गार्मेन्ट उद्योगले ६५ जनाभन्दा बढी युवालाई रोजगारी दिएको छ । वैदेशिक रोजगारीमा जाने युवाहरूको सङ्ख्या दैनिक हजारौंमा वृद्धि भइरहँदा युवाहरूलाई स्वदेशमै रोजगारीको अवसरका लागि उचित स्थान समेत भएको छ ।
लगानीको सुरक्षा र थोरै राज्यले सहयोग गर्न सकेकोे खण्डमा युवाहरू वैदेशिक रोजगारीमा जानु नपर्ने गार्मेन्टका प्रबन्धक डम्बरबहादुर तामाङ बताउँछन् । उनले सगरमाथा जुत्ता उद्योग समेत समेत सञ्चालन गरिरहेका छन् । बाहिरी मुलुकबाट आयात हुने वस्तुहरूको सेवामा ध्यान दिने उपभोक्ताले स्वदेशी उत्पादनलाई प्रयोग गर्ने र राज्यले निर्यातको व्यवस्था मिलाउने हो भने नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउने सम्भावना रहेको पनि तामाङ बताउँछन् ।