इटहरी /  इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रालिका सञ्चालक पवन अधिकारीले इन्टरनेशनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०१९ प्राप्त गरेका छन् ।

विज्ञापन एजेन्सी सङ्घ (आन) का प्रदेश नम्बर १ संयोजकसमेत रहेका पाथीभराका सञ्चालक पवन अधिकारीले दुबईमा अवार्ड पाएका हुन । उनले नेपाल सरकारका कृषि मन्त्री चक्रपाणि खनालको हातबाट सो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका हुन् ।

सिजन मिडिया र पत्रकार महासङ्घ दुबइ शाखाद्वारा संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा अधिकारीसँगै पत्रकारहरू ओम शर्मा, खिला भण्डारी, कृष्ण आचार्य र सुरेश अधिकारीलाई पनि अवार्ड दिइएको थियो ।