उदयपुर / बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१६ को १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा बुधबार रामकुमार राई पक्राउ परेको हो ।
गत कात्तिक ५ गते विद्यालयबाट घर जाने क्रममा जंगलको बाटोमा एक्लै भएको मौका छोपी पछाडीबाट ज्याकेटले मुख छोपी घाँटी थिचेर जबरजस्ति करणी गरेको पीडितले जानकारी दिएकीछन् । उजुरीको आधारमा त्रिनपा–१६ सिम्लेका २२ वर्षीय राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वडाकै एक विद्यालयमा अध्ययनरत बालिकालाई जंगलको बाटो र एक्लै भएको मौका छोपी जबरजस्ती करणी गर्ने राईलाई पीडितको दाजुले जिल्ला प्रहरी कार्यालयमा किटानी जहेरी दिएपछि तत्काल पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बालिकालाई बुधबार नै जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परिक्षण गराएको प्रहरीले जनाएको छ । आरोपित राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।