वराहक्षेत्र /सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित औलिया सामुदायिक वनमा भेट्टाएको घाईते हरिणलाई, सशस्त्र प्रहरी वल नेपाल सुरक्षा पोष्ट चतराले बराह सब डिभिजन वन कार्यलय वराहक्षेत्रलाई जिम्मा लगाएको छ ।

मंगलवार राती अन्दाजी पौने एक बजे गस्तीमा गएको सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको टोलीले चतराको औलिया वन नजिक कान्छी चोक गाईघाट सडकखण्डमा, सुरक्षा पोष्ट भन्दा दुई सय मिटर पश्चिममा घाईते अवस्थामा भाले हरिण भेटिएको थियो ।

हरिणको पछाडी र अगाडीको तीन वटा खुट्टामा गहिरो चोट लागेको छ । शरिरका केही स्थानमा पिल्सिएको छ । गाडीको ठक्कर भएर घाईते भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
बुधवार, हरिणलाई जिम्मा लिएर ईनरुवामा उपचार पछि , कोशी टप्पु बन्य जन्तु आरक्षमा बुझाईने,
बराह सब डिभिजन वन कार्यलय वराहक्षेत्रका अधिकृत शिवलाल विकले बताए ।