धरान / धरान–१५ खोरियाबस्तीका अर्जुन राई समान्य परिवारका व्यक्ति थिए । उनको गुजाराको माध्यम मजदुरी नै थियो ।
७ बर्ष अघि उनले जीनासँग विवाह गरेका थिए । ६ बर्षकी छोरी छन् ।

अर्जुनले हिजाे (बुधबार) बेलुका एक्कासी श्रीमती जीनालाई खोलाको डिलमा लगेर हत्या गरे । ढुङ्गाले हिर्काएर उनले विभत्स तरिकाले २४ वर्षीय श्रीमतीकाे हत्या गरे ।

हत्याको कारण ठूलो छैन । अर्जुन बेरोजगार । धन सम्पति पर्याप्त थिएन । कमाई भएन भनेर श्रीमतिसँग नियमित झगडा हुने गरेको थियो ।

श्रीमती जीना प्राय माइत बस्दैं आएकी थिइन । बुधबार मात्र घर आएकी जीना र अर्जुन बेलुका कोक ल्याएर खाजा खाएर बसेका थिए । ८ बजेतिरको समयमा एक्कासी हत्याको घटना बाहिर आयो ।

हत्याको कारण एक अर्कामा अविश्वास

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार एक अर्कांमा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको पाइयो ।

अर्जुनले पनि जीनालाई संकाको दृष्टीले हेर्ने गथ्र्ये । मोवाइलमा कसैसँग बोल्दा अर्जुनले संका गथ्र्ये । त्यही भएर जीना प्रायः माइती बस्दैं आएकी थिइन । उनको माइती सेउतीपारी देउरालीमा थियो ।

घट्ना लगतै प्रहरीले खबर पाए पछि हत्या गर्ने अर्जुनलाई राति ११ः३० बजे सेउती खोला पुल नजिकबाट नियन्त्रणमा लिएको छ । घट्नाबारे अनुसन्धान थालिएको डिएसपी न्यौपानेले जानकारी दिए ।