ब्लाष्टखबर । प्रहरीले  करिब १ केजी सुन सहित २ महिला पक्राउ परेकाे छ ।  विशेष सुराकीका आधारमा रसुवागढी नाकाबाट सोमबार बिहान प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताएका छन् ।

पटुकामा बाधेर ६ वटा सुनकाे डल्लाे बाेकेर हिडिरहेकाे बेला उनिहरलाइ प्रहरीले पक्राउ गरेकाे बताएका छन् । पक्राउ पर्नेहरूकाेबारेमा विस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गर्ने तयारी गरीरहेकाे छ ।