धरान / विप्लव समुहका ८ जना कार्यकर्ताहरुलाई सोमबार राती प्रहरीले चन्दारसिदसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरीको बिषेश टोलील धरान–१५ डेरा गरी बस्ने ८ जनालाई चन्दा रसिद र नगदसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार मोबाईल सेट थान १०, नया २।५ लिटरको प्रेशर कुकर थान १, आर्थिक सहयोग गरीदिन हुन भन्ने नेकपा बिप्लब हस्ताक्षर भएको पत्र थान २, नगद रकम रु।१लाख १२ हजार ५ सय , मोटर साईकल थान २ फेला परेको छ ।
प्क्राउ पर्नेहरुमा संखुवासभा घर भई धरान–८ बस्ने सुवास राई, संजेश राई प्रविण राई, दिपेश राई, उदिप रसाईली, उमेश राई, महेन्द्र राई र धरान ८ का रमेश भन्ने कुमार ढकाल रहेको छन् । दिपेशर प्रविण धरान–१५ स्थित नरेश इवारामको पुरानो वाबु आमाबस्ने घरमा डेरा बस्ने रहेको प्रहरीले जनाएको छ ।
इता वडा अध्यक्ष इवारामसमेत पक्राउ परेको भनेर गरिएको प्रचारप्रति वडा अध्यक्ष इवारामले आपति जनाएका छन् । उनले सोमबार राती नै फेसबुक लाइभ गरेर घट्नाबारे प्रष्ट पारेका छन् । उनी धरान–८ स्थित घर बस्दैं आएको र धरान–१५ को पुरानो बाबु आमा बस्ने घर हाल भाडामा मात्र प्रयोग गदैंआएको प्रष्ट पारेका छन् ।
नेकपाका जिल्ला नेतासमेत रहेका इवारामको मानमर्दन गर्न र नेकपाले धरान–१५ मा चुनावी माहौंल बनाइरहेको बेला प्रतिपक्ष दल अतालिएर भ्रामक प्रचार गरेको उनले बताएका छन् । आफ्नो पुरानो घरमा बस्ने पक्राउ परेकाहरुलाईअनुसनधान गर्न प्रहरीलाइृ सहयोग गर्ने उनले बताए ।
यता डिएसपी न्यौपानेले पनि वडाअध्यक्षलाई मुछेर गरिएको प्रचार गलत भएको बताए । हातहतियारसहित नभई चन्दाको रसिदसहित पक्राउ गरिएको उनले स्पष्ट पारेका छन् ।
नामथर बर्ष ठगाना
१ सुबास राई ३६ जिल्ला संखुवासभा सिलिचौंङ ३, ताम्कु भई हाल धरान ८ बरगाछी
२ संजेश राई ३२ जिल्ला सुनसरी, धरान( ८, भोटेपुल
३ दिपेन्द्र राई २४ जिल्ला संखुवासभा, सिलिचौंङ ३, ताम्कु
४ प्रबिन राई २२ जिल्ला संखुवासभा, सिलिचौंङ ३, ताम्कु
५ उदिप रसाइली २१ जिल्ला संखुवासभा, सिलिचौंङ ३, ताम्कु
६ उमेश राई २१ जिल्ला संखुवासभा, सिलिचौंङ ३, ताम्कु
७ पदम राई २७ जिल्ला संखुवासभा, सिलिचौंङ ३, ताम्कु
८ महेन्द्र राई २६ जिल्ला संखुवासभा, सिलिचौंङ ३, ताम्कु
९ रमेश भन्ने कुमार ढकाल ४७ जिल्ला सुनसरी, धरान ८, भोटेपुल