धरान । धरान –५ स्थित पानबारीको सेउती पुल नजिकै जंगलमा एक युुुवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।
विहान १० साढे वन हेरालुले जंगलमा भुण्डिएको अवस्थामा फेला पारेको स्थानीयलाई खवर गरेका थिए । वन हेरालुले तत्काल प्रहरीलाई खवर गरेका थिए ।
उनको साथमा राहदानी फेला परेको छ । नरबहादुर गुरुङ, ठेगाना संखुवासभा मादी–९ लेखिएको छ । घट्नास्थलमा जिन्सको ज्याकेट,खुकुरी चुरोट, सामसुङ मोवाइल भेटिएको प्रहरीले जनाएको छ । सानो रुखमा जुत्ताको तुनाको पासो बनाई झण्डिएको अवस्था भेटिएको प्रहरी चौकी पानवारीका सई भेषराज राउतले जानकारी दिए । उनका आफन्त आउदैं गरेकाले प्रहरीले मुचुल्का तयारी गरिरहेको छ । उनी बैदेशिक रोजगारबाट भरखर फर्किएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।