Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • आँधीका कारण अमेरिकामा एघारको मृत्यु, बाह्र सय उडान रद्द

आँधीका कारण अमेरिकामा एघारको मृत्यु, बाह्र सय उडान रद्द

alt तस्बिर : गुगल
  • पुस २७, २०७६
  • रासस/सिन्ह्वा
 
ब्लाष्टखबर । अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ ।
 
टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको मृत्यु भएको हो । त्यसैगरी ओक्लाहोमामा पनि बाढी र बर्षासँगै आँधी आएको थियो । त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधनहरु बाटोमै रोकिएका थिए । बृद्धबृद्धाहरुको एउटा जोडी शनिबार लुइसियानानजिकै शनिबार मृत अवस्थामा भेटिएका छन् भने अर्का एक जनाको इओवामा मृत्यु भएको छ ।
 
आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौ घरहरुमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौ मानिसहरु विद्युत सेवा बिहिन अवस्थामा रहेका छन् । त्यसैगरी कतिपय राजमार्गहरु बन्द भएका छन् । विषेशगरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन् । त्यसैगरी सिकागोका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने १२ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरुले जनाएका छन् ।
 
विमानस्थलका अधिकारीहरुका अनुसार ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९५० भन्दा बढी उडान स्थगित भएका हुन् । शनिबार बिहानैदेखि आइतबार दिउसोसम्मका सेवाहरु बन्द गरिएको उनीहरुले जानकारी दिएका छन् । शनिबार रातभरी र बिहानसम्म पनि बर्षा भएको उनीहरुले बताएका छन् ।
सम्बन्धित समाचार
सर्पको डसाइबाट बालकको मृत्यु

धरान । सुनसरीको कोशी गाउँपालिका–८ स्थित ननकु टोलमा १२ वर्षीय नविजन खातुनको ...

मेलिनाले नचाइन् धरानेलाई

धरान । युवापुस्तामाझ लोकप्रिय बनेकी गायिका मेलिना राईले धरानेहरूलाई नचाएकी ...

गणित विषयक कार्यशाला

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर म ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सर्पको डसाइबाट बालकको मृत्यु
मेलिनाले नचाइन् धरानेलाई
गणित विषयक कार्यशाला
शेयर बजारको प्रभाव विषयमा कार्यक्रम
युद्धको भूमरीबाट आफ्ना नागरिकको तत्काल उद्धार गरियोस्
आजको राशिफलः २०८२ साल असार ९ गते सोमबार
भित्रियो मनसुनः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
पेस्तोलसहित एक भारतीय पक्राउ
सडक निर्माण विवादः सर्लाहीमा गोली चल्योे
आजको राशिफलः २०८२ साल असार ८ गते आइतबार
आजको राशिफलः २०८२ साल असार ७ गते शनिबार
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
कवि माङ्लाककाे 'लिम्बुनी गाउँ' बारे नाम्जेमा परिचर्चा
कटहरीको बजेट ५८ करोड ९१ लाख
फलोअपः मन्टुविरुद्ध सामूहिक उजुरी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved