Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • १० दिनभित्र नयाँ अस्पताल निर्माण

१० दिनभित्र नयाँ अस्पताल निर्माण कोरोना भाइरस उपचार व्यवस्थित गर्न चीनको प्रयास

alt
  • माघ ११, २०७६
  • ब्लाष्ट खबर
 
एजेन्सी /  चीनले कोरोना भाइरसका बिरामीको चाप बढेपछि मध्यचीनको वुहान शहरमा उपचारलाई व्यवस्थित गर्न कठिनाई भएको भन्ने सूचनाका आधारमा चीनको प्रशासनले १० दिनभित्र नयाँ अस्पताल निर्माण गर्न निर्देशन दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोरोना भाइरस सङ्क्रमण भएका विरामीलाई सहज उपचारको व्यवस्थालाई प्रत्याभूत गरिने अधिकारीहरूले बताएका हुन् । नयाँ अस्पतालको निर्माणले कोरोनाका बिरामीलाई अन्य अस्पतालमा छुट्टाएर सेवा दिनुपर्ने बाध्यतालाई अन्त्य गर्ने विश्वास लिइएको छ ।
वुहानमा निर्माण गरिने उक्त अस्पतालको क्षमता एक हजार सीटको हुनेछ भने अस्पताल २५ हजार वर्गमिटरमा निर्माण हुने सिन्ह्वा समाचार समितिले जनाएको छ । चीनका विभिन्न सहरी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम तीत्र्र बनेपछि प्रशासनले आगामी फेब्रुअरी ३ सम्ममा नयाँ अस्पतालमा सेवा सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिएको हो । कोरोना भाइरसका कारण शुक्रबारसम्म चीनमा २६ जनाको मृत्यु भएको छ भने सयाँै व्यक्तिमा सङ्क्रमण देखिएको छ ।
चिनियाँ अधिकारीले अहिलेसम्म ८२० जनामा उक्त भाइरसको सङ्क्रमण देखिएको जनाएका छन् तर यो सङ्ख्या चीनले उपलब्ध गराएकोभन्दा निकै धेरै भएको अनुमान स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका छन् । सङ्क्रमण फैलिन नदिन कोरोनाको पहिलो विरामी भेटिएको वुहान सहरबाट अति आवश्यक बाहेक नागरिकलाई अन्यत्र नजान आग्रह गरिसकिएको छ ।
अस्पताल निर्माणका लागि दर्जनौँ एक्स्काभेटर र ट्रकहरूले काम सुरू गरिसकेका चिनियाँ टेलिभिजन सीसीटीभीले आफ्नो समाचार प्रशारणमा देखाएको छ ।
“नयाँ अस्पतालको निर्माण सजिलै सङ्क्रमण हुने कोरोना भाइरसको उपचारमा देखिएका समस्यालाई न्युनिकरण गर्न र रोगको उपचारलाई विशेषज्ञ चिकित्सकहरूको अभाव हुन नदिन र सेवा प्रदान गर्न सहज वातावरण निर्माण गर्नका लागि लक्षित रहेको छ,” सिन्ह्वाले लेखेको छ । “हामीले वुहानमा रहेका सम्पूर्ण कामदारलाई निर्माणका लगि दिनरात विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाएका छौँ,” वुहानका निर्माण कम्पनीका व्यवस्थापक झाङ चोङ्सीलाई उद्धृत गरी सिन्ह्वाले जनाएको छ । चीनमा सन् २००३ मा श्वासप्रश्वाससम्बन्धी जटिल प्रकारको सङ्क्रमण (सार्स)का विरामी अत्यधिक बढेपछि माहामारीलाई नियन्त्रण गर्न बेइजिङको बाहिरी ग्रामिण इलाकामा एक हप्ताभित्रै अस्पताल बनाइएको थियो ।
सार्सका कारण सन् २००२ देखि सन् २००३ सम्ममा चीनमा ३४९ र हङकङमा २९९ को मृत्यु भएको थियो । सिआओटाङसान अस्पताललाई तयारी सामानहरूको प्रयोग गरीे त्यही नमूनामा भवन निर्माण हुने सिन्ह्वाले जनाएको छ । वुहानमा करिब एक करोड १० लाखको हाराहारीमा जनसङ्ख्या रहेको र विरामीको चाप बढेपछि निश्चित अस्पतालका विभिन्न ६१ क्लिनिकमार्फत् कोरोनाका विरामीलाई छुट्टै राखी उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।
सम्बन्धित समाचार
सर्पको डसाइबाट बालकको मृत्यु

धरान । सुनसरीको कोशी गाउँपालिका–८ स्थित ननकु टोलमा १२ वर्षीय नविजन खातुनको ...

मेलिनाले नचाइन् धरानेलाई

धरान । युवापुस्तामाझ लोकप्रिय बनेकी गायिका मेलिना राईले धरानेहरूलाई नचाएकी ...

गणित विषयक कार्यशाला

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर म ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सर्पको डसाइबाट बालकको मृत्यु
मेलिनाले नचाइन् धरानेलाई
गणित विषयक कार्यशाला
शेयर बजारको प्रभाव विषयमा कार्यक्रम
युद्धको भूमरीबाट आफ्ना नागरिकको तत्काल उद्धार गरियोस्
आजको राशिफलः २०८२ साल असार ९ गते सोमबार
भित्रियो मनसुनः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
पेस्तोलसहित एक भारतीय पक्राउ
सडक निर्माण विवादः सर्लाहीमा गोली चल्योे
आजको राशिफलः २०८२ साल असार ८ गते आइतबार
आजको राशिफलः २०८२ साल असार ७ गते शनिबार
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
कवि माङ्लाककाे 'लिम्बुनी गाउँ' बारे नाम्जेमा परिचर्चा
कटहरीको बजेट ५८ करोड ९१ लाख
फलोअपः मन्टुविरुद्ध सामूहिक उजुरी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved