धरान / धरान उपमहानगरपालिकाले कोरोना भाइरसबाट संक्रमतिभेटिए आइसोसेलन बेड भएसम्मको स्थानमा विमारीलाई लानका लागि ४ वटा एम्बेलेन्स तैनाथ गरेको छ ।
आज उपमहानगरका मेयर तिलक राईको संयोजकत्वमा वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, एम्बेलेन्स व्यवसायी नेपला रेडक्रस सोसाइटी शाखा सुनसरीको संयुक्त बैठकले ४ वटा एम्बेलेन्स तैनाथ अवस्थामा राख्ने निर्णय गरेको हो । मेयर राईका अनुसार एउटा वीपी प्रतिष्ठानबाट, रेडक्रस सोसाइटी र दसई वटा एम्बेलेन्स व्यवसायी संघबाट उपलब्द गराउने निर्णय भएको हो ।
कोरोना संक्रमितलाई राख्न प्रतिष्ठानमा १० वटा आसोलेसन बेड, काउनसेलिङका लागि हेल्प डेक्स खडा गरिएको छ ।