उर्लाबारी । उर्लाबारी नगरपालिकाको कोरोना रोकथाम तथा विपद व्यवस्थापन समितिको कोषमा ९० लाख भन्दा बढी आर्थीक सहायता प्राप्त भएको छ ।

लकडाउनको ५४ औ दिन सम्मको अवधीमा नगरपालीका, प्रदेश सरकार, संघिय संसद, प्रदेश संसद, नगरका जनप्रतिनिधी, राजनितीक दल, नगरपालिकाका कर्मचारी, शिक्षक सहित सहयोगी संघ–संस्था तथा अन्य सहयोगी मनहरुबाट जम्मा ९० लाख २४ हजार ४३ रुपया जम्मा भएको नगरपालिका राजश्व शाखाका अधिकृत भरत अधिकारीले बताएका छन ।

उक्त कोषमा नगरपालिकाबाट ५० लाख, प्रदेश सरकारबाट १० लाख, नगरका जनप्रतिनिधीहरुबाट ६ लाख ९४ हजार ५ सय ९० रुपया, नगरका राजनितीक दलहरुबाट ४ लाख ४७ हजार २ सय १८ रुपया, शिक्षकहरुबाट २ लाख १८ हजार ५ सय ४२ रुपया, नगरपालिकाका कर्मचारीहरुबाट १ लाख ७५ हजार २ सय ३७ रुपया, संघिय÷प्रदेश संसदबाट ६२ हजार तथा अन्य सवै सहयोगीमनहरुबाट १४ लाख २६ हजार ४ सय ५६ रुपया प्राप्त भएको छ ।

नगर प्रमुख तथा उक्त कोषका संयोजक खड्ग फागोले सवै सहयोगीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै विपतको समयमा सवैबाट प्राप्त सहयोगले गर्दा नै नगरमा कोरोना नियन्त्रण तथा विपन्न परिवारका लागि राहत व्यवस्थापनमा सफलता मिलेको बताउदै“ लकडाउनको अवधी अनिश्चित बनेको अवस्थामा थप सहयोग गर्न सवैलाई आग्रह गरेका छन । साथै नगर प्रमुख फागोले प्राप्त सहयोगलाई पारदर्शीता र सही सदुपयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन ।