धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी सुरु गरेका छन् । उनले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना रहेको चर्चा छ ।

ओलीले पुस ५ गते संसद् विघटन गरेपछि असन्तुष्ट बनेका सात मन्त्रीले राजीनामा दिएका थिए । पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि खाली रहेका मन्त्री पदमा ओलीले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।

ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । केन्द्रीय कमिटीको बैठक सकिएपछिको काम नै मन्त्रिपरिषद् पुनर्गठन हुने उनको भनाइ थियो । स्रोतका अनुसार मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम चर्चामा छ ।