बेलबारी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पार्टीले आह्वान गरेको देशभर प्रदर्शन गर्ने क्रममा शनिवार बेलबारीको लक्ष्मीमार्ग स्थीत सरकारको विरुद्धमा विरोध ¥याली गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको हठात संसद विघटन विरुद्धमा नेपाल तरुण दल बेलबारीले शनिवार बेलबारी ११ लक्ष्मीमार्गको सुम्नीमा चोक देखी लक्ष्मीमार्ग चोक सम्म विरोध ¥याली गरेको थियो ।

विरोध ¥यालीको कोण सभामा बोल्दै नेपाली कांग्रेसका महासमिती सदस्य महेन्द्र सुबेदीले प्रधानमन्त्री ओलीलाई बडामहाराजको संज्ञा दिँदै संसद् विघटन फिर्ता गर्नुपर्ने बताए । ‘केपी ओली तानाशाह मुर्दावाद, राष्ट्रपतिको अलोकतान्त्रिक कदम मुर्दावाद’ लगायतको नारा लगाउँदै कांग्रेस सडकमा आएको थियो । कांग्रेसले पुस १३ गते देशभर आन्दोलनको घोषणा गरेको छ ।