बेलबारी। मोरङको सुन्दरहरैचा उधोग वाणिज्य संघको हिजो ९औं साधारणसभा भएको निर्वाचनमा नेपाली कांग्रेस निकट कृष्णप्रसाद रिजालको प्यानल  विजयी भएको छ ।

कृष्ण प्रसाद रिजाल र टिका प्रसाद कट्टेल नेत्रित्वको समुह बिच भएको निर्वाचनमा रिजाल नेत्रित्वको टिम विजयी भएको हो । 

प्रथम उपाध्यक्ष दुर्गा श्रेष्ठ, द्वितीय उपाध्यक्ष डोलेश्वर तिम्सिना, माहासचिव नारायण कार्कि,वाणिज्य सचिव उज्ज्वल थापा,उधोग सचिव हरि कार्की, कोषाध्यक्ष शारदाप्रसाद ढकाल, लेखा संयोजक कृष्ण ओझा,लेखा सदस्य डम्बरबहादुर कार्की, गोपाल फुँयाल,महिला सदस्य रन्जु गुरागाइ आचार्य र रिता सापकोटा, कार्यसमिति सदस्यमा दिपक भण्डारी, महेन्द्र आचार्य,  रामकुमार बस्नेत, शंकर बजगाँई, टेकबहादुर सार्की,  मनोज गुरागाँई बिजयी भएका छन् ।

द्वितीय उपाध्यक्ष डोलेश्वर तिम्सिना, उद्योग सचिव हरि कार्की र सदस्यहरू महेन्द्र , टेकबहादुर, रामबहादुर र मनोज गुरागाई टीका कट्टेल समुहका हुन् ।

रिजाल २०५७ सालदेखी उक्त उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, कोषाध्यक्ष, सचिव, महासचिव, उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिका वरिष्ट उपाध्यक्ष हुँदै यो पटक अध्यक्ष  पदमा विजयी भएका हुन् ।