संयुक्त वाममोर्चाकी अध्यक्ष श्रीमती सहाना प्रधानले नेपाल कमयुनिष्ट पार्टीको ४२ औं जन्मदिवसको उपलक्ष्यमा आयोजित आम सभालाई सम्बोधन गर्नु हुँदै ०१७ सालको कदमलाई समर्थन गरी पार्टीलाई दरबारमा पुर्याउने प्रवृत्तिले वामपन्थीहरुमा विभाजन आएको र वाममोर्चाा टुक्रिया भने प्रजातन्त्रको लागि नै खतरा हुने छ भन्नुभयो ।
वाममोर्चाकी अध्यक्ष सहाना प्रधानको उक्त भनाइ अनुसार पनि वामएकता नितान्त जरुरी रहेको स्पष्ट हुन्छ । नेपाली कम्युनिष्ट पार्टीका महामन्त्रीहरु सर्व श्री मनमोहन अधिकारी, मान्धर, वर्मा, रोहत अमात्य लामा तथा ने.क.पा. (माले) का नेताहरुले पनि कम्युनिष्ट एकतामा जोडदिनु हुन्छन् ।
वाममार्चाको अध्यक्ष साहना प्रधानले एकता निम्ति विशेष पहलकदमी नगर्नु भएको पनि चर्चा छ । अध्यक्षको नााताले पनि कम्युनिष्ट एकता निम्ति ठोक कदम चाल्नु पर्ने जरुरी छ । माक्र्सवादी पार्टीभित्र यदि विसंगति र एकतामा भाँजो हाल्ने व्यक्ति भएमा अध्यक्षले त्यस्ता व्यक्तिलाई विनाभेदभावले हटाउनु पर्ने कार्यकर्ताहरुको भनाइ छ ।
नेपाली कम्युनिष्ट एकता प्रवर्धन मञ्चले एकता निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दैछ । अध्यक्ष साहना प्रधानले एकतामा टेवा दिने कदम चाल्नु भएमा अध्यक्षताको नाताले एकता निम्ति भाषण बाहेक ठोस काम नगर्नु भएको दोषारोपणबाट मूूक्त हुनु हुने वामएकता चाहने बुद्धिजीविहरुको भनाइ छ ।
उपर्युक्त समाचार २०४७ सालमा प्रकाशित एकता बुलेटिनबाट लिएको हो । नेपाली कम्युनिष्ट एकता प्रवर्धन मञ्चले प्रकाशित गरेको यो बुलेटिनको मिसन तत्कालीन वाम एकता गर्नुथियो । आनन्ददेव भट्ट, शंकर लयाल, शिवप्रसाद भट्टराई, ईश्वर रिजाल, कृष्णप्रसाद आचार्यलगायतको सम्पादनमण्डलले बुलेटिन प्रकाशित गरेको थियो ।
प्रकाशन मितिः वर्ष १ अंक ३÷४ संयुक्त २०४७ श्रावण, भाद्र, आश्विन