नेकपा एमाले प्रदेश नम्बर–१ संसदीय दलको बैठक सुरु भएको छ । प्रदेशसभा भवनस्थित संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक बसेको हो ।
आज ११ बजेदेखि बस्ने भनिएको दलको कार्यालयमा बैठक सुरु भएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । बैठकमा संसदीय बोर्डको गठन र विधान संशोधनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा ओली, नेपाल दुबै पक्षका नेताहरुको उपस्थिति छ । बैठकमा एमालेका केन्द्रीय सदस्य टंक आङबुहाङको समेत उपस्थिति रहेको छ ।