सुनसरी दुहबी नगरपालिका २ मा रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फलामले किचेर मृत्यु भएको छ ।

आज बिहान ६ बजे सोही फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता २ का ४० वर्षीय दिपेन्द्र यादव फलाम पल्टाउने क्रममा फलामले किच्दा घाइँते भएका थिए । 

उनलाई उपचारका लागि न्युरो अस्पताल विराटनगरमा लगिएको थियो । डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको जानकारी दिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।