माछा मार्ने क्रममा नदीमा खसेर संखुवासभा मकालु गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।  

मकालु–३ एकुवाफेदी का ३० वर्षीय रामजी तामाङको नदीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदीमा माछा मार्ने क्रममा तामाङ ढुङ्गामा चिप्लिएर नदीमा खसेपछि बेपत्ता भएका थिए ।

प्रहरी र स्थानियवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ बजे डुबेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुङ्गाको बीचमा तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।