ब्लाष्टखबर ।  नेकपा एमालेकाे स्थायी कमिटी गठन भएकाे छ ।  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज एमालेकाे पार्टी स्थायी कमिटी गठन गरेका हुन् ।

नवगठित एमालेकाे स्थायी कमिटीमा बाँकी सदस्य पछि थप्ने  गरी अध्यक्ष केपी शर्मा ओली, महासचिव  ईश्वर पोखरेल, नेता वामदेव गौतम, रामबहादुर थापा बादल,  विष्णु पौडेल,  सुवास नेम्वाङ,  शंकर पोखरेल,  प्रदीप ज्ञवली, लेखराज भट्ट,  टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल,  विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ्ग, रघुबीर महासेठ, किरण गुरुङ, केशब बडाल, पुष्प राज कडेंल गरी १८ जना नेता रहेका छन् । 

 स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू भने हटाइएका छन् ।