‘केपी शर्मा ओलीको दम्भ भर्‍याङ उक्लेर धरहराभन्दा माथि बसेको छ’ नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा भने । 

‘त्यसैले हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो उहाँ, धरहरा हेरेर उहाँले आफ्नो दम्भ देखाइरहनु भएको थियो ।’ नेता नेपालले प्रधानमन्त्री ओलीमा भएको दम्भको कुनै अर्थ नरहेको बताए । उनले आन्दोलन, पार्टी र लोकतन्त्र नछाड्ने दोहोर्‍याए ।

ओलीले फागुन २८ को निर्णय फिर्ता गर्न नमानेकै कारण सहमति नभएको स्पष्ट पारे । 

नेता नेपालले भने, ‘मैथिलीमा भनिन्छ– मन चङ्गा त कठौतीमा गङ्गा, तर ओलीको मन नै चङ्गा छैन ।’

केपी ओलीले फागुन २८ को निर्णय फिर्ता नलिने अडान राखेपछि डिनर छाडेर हिँडेको कुरा वामदेव गौतमले आफूलाई फोन गरेर बताएको नेता नेपालले बताए । 

पार्टीले सोधेको स्पष्टीकरणबारे नेपालले आफैंले पार्टी परित्याग गरेको, अर्को पार्टी ज्वाइन गरेको र संसदीय दलले जारी गरेको ह्वीप नमानेको खण्डमा मात्र संसदबाट हटाउन सकिने उल्लेख गरे । 

आफूहरुसँग बहुमत भएको तर अध्यक्ष ओलीलाई कारबाही भने नगर्ने नेता नेपालको भनाइ थियो ।