ब्लाष्टखबर । लुम्बिनी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता शंकर पाेखरेल पुन: मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । 

प्रदेश प्रमुख  धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि आज बिहान पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरिञ्जिवी पौडेलद्वारा जारी विज्ञप्तिमा पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गरेको आधारमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख छ।

180779547_4481195585241077_88803407505700659_n