प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएको छ । प्रम ओलीलाई संसदमा असफल गराउने कांग्रेसले निर्णय गरेको छ ।
प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने निर्णय गरेको बैठकपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
‘हाम्रो पहिलो लक्ष्य विश्वासको मत लिने लक्ष्यलाई असफल बनाउने हो । त्यसपछि वैकल्पिक सरकार गठन गर्न अघि बढ्छौं ।’ महतले भने ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न र ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय गरेको छ ।