नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदहरुले आज छलफल गर्दै छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुले अपराह्न ४ बजे छलफल गर्न लागेको एक सांसदले जानकारी दिए ।
उनीहरुले बानेश्वरस्थित एक होटेलमा छलफल गर्न लागेका हुन् ।
गएको आइतबार प्रतिनिधिसभामा भएको मतदानमा एमालेका २२ सांसद्ले देउवाको पक्षमा मतदान गरेका थिए ।
उता, एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको छ । हिजो बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । तर, सांसदहरुले भने उक्त स्पष्टीकरणको जवाफ नदिने बताएका छन् ।