विजयपुर । नेपाली काङ्ग्रेस धरान–१५ भानुमार्ग लक्ष्मी टोलको संयोजकमा अर्जुन सुब्बा चयन भएका छन् ।
शनिबार धरान–१५ सुब्बाको अध्यक्षतामा ३० सदस्यीय टोल कमिटि चयन भएको हो । टोल कमिटी गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी किरण लिम्बूको संयोजकत्वमा ४५ जना युवाहरू नेपाली काङ्ग्रेसमा प्रवेश गरेको सुनसरी क्षेत्र नम्बर १ (क) का सचिव युवराज शङ्करले जानकारी दिए । धरान–१५ का सभापति डम्बर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा, सुनसरी जिल्ला सचिव माधव घिसिङ, तरुण दलका धरान नगर सभापति नरसिंह राई, क्षेत्रीय प्रतिनिधि तथा वडा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।