झापामा ट्याक्टर पल्लेटर सहचालकको मृत्यु भएको छ ।

जिल्लाकाे बुद्धशान्ति गाँउपालिका ५ शान्तिनगर गैरीगाँउ स्थितमा खेत जोत्ने क्रममा ट्याक्टर पल्लेटर सहचालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा सोही स्थानका २६ को बिकाश कुमाल रहेकाे इलाका प्रहरी कार्यालय बुधबारेले जनाएकाे छ । 

शुक्रबार अपरान्ह ४ बजे प्र. १-०१-००१ त ९३२५ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अचानक पल्टी दुर्घट्ना हुँदा ट्याक्टरका सह(चालक रहेका कुमालको घटनास्थलमानै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बुधबारे र धुलाबारीबाट प्रहरी टोली खटि गई ट्याक्टर र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।