भोजपुर। भोजपुरको हतुवागढी गाउपालिका १ घोडेटारका ब्यावसायी हरी श्रेष्ठले १० थान डस्बिन प्रदान गरेका छन् । बजार क्षेत्रको फोहर व्यवस्थापनका लागि व्यावसायी श्रेष्ठले गाउपालिकालाई डस्बिन प्रदान गरेका हुन् ।

गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा १ सय लिटरका १० थान डस्बिन प्रदान गरेको व्यवसायी श्रेष्ठले बताए । उन्ले अपुग भएमा थप डस्बिन उपलब्ध गराउने पनि प्रतिवद्धता जनाएका छन् ।

श्रेष्ठले भने, “बजारमा आफैंले राख्दा अब्यावस्थित र असुरक्षित हुने भएकाले गाउँपालिकाको मातहतमा रहने गरि आवश्यक डस्बिन प्रदान गरेको छु, डस्बिन अपुग भएमा थप उपलब्ध गराउनेछु ।”

व्यवसायी श्रेष्ठले प्रदान गरेका डस्विन बजार क्षेत्रका मुुख्य चोकमा राखिने गाउपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । बजार क्षेत्रमा राखिने डस्बिनले फोहर व्यावस्थापनमा सहयोग पुग्ने अध्यक्ष राईको भनाइ छ ।

उनले घोडेटार बजारका प्रत्येक घरमा गमला राखेर फुुल रोप्ने अभियान समेत चलाउने जानकारी दिए । अभियानले बजारको सौन्दर्यता बढ्नुको साथै स्वस्छ वातावरणको अनुभुती लिन सकिने विश्वास लिईएको छ ।