नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समिति धरानको १० औं अधिवेशनबाट अध्यक्षमा किशोर अधिकारी चुनिएका छन् ।
ननगर प्रमुख हर्कराज राईकाे प्रमुख आतिथ्यतामा शुक्रबार सुनसरी उद्योग वाणिज्य संघको हलमा सम्पन्न एशोसिएसनको १० औं अधिवेशन अध्यक्ष सहित १७ सदस्यीय कार्यसमिति चयन गरिएकाे हाे ।
समितिको उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा विर्खराज राई, कोषाध्यक्षमा इश्वर लामिछाने र सहसचिवमा हिरालाल विश्वकर्मा चुनिएका छन् भने, सदस्यहरुमा युनिशा खत्री, दिपकला राई, तेजप्रसाद पोखरेल, सम्झना विक, देवी कार्की, राजु श्रेष्ठ, सुकराम लिम्बु, रामेश मेहता, लालबहादुर लिम्बु, बिक्रम लिम्बु, राजेश सुब्बा र दिलकुमार राई रहेका छन् ।