प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सोमबार दिनको १ बजे बस्नेगरी स्थगित गरेका हुन् । बैठक आज बिहान ११ बजेका लागि निर्धारित थियो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले सभामुख सापकोटाले भोलिका लागि तय गरेकाे जानकारी दिए ।नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनका कारण आजको बैठक स्थगित भएको बुझिएको छ ।