भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका –८ का वडाध्यक्ष प्रेमबहादुर थापाले आफनो ५ वर्षे कार्यकाल भर स्वास्थ्य केन्द्रमा प्रसूति गर्नेे महिलालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

स्वास्थ्य केन्द्रमा गएर बच्चा जन्माउने वडा नम्बर ८ का सबै सुत्केरी महिलाहरुलाई प्रति व्यक्ति दुई हजारका दरले सहयोग गर्ने वडाध्यक्ष थापाले घोषणा गरेका हुन् । गर्भवती महिलालाई स्वास्थ्य केन्द्रमा प्रसूति गराउन प्रेरित गर्नुुका साथै सुत्केरी महिलाहरुलाई पौष्टिक आहाराका लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने योजना रहेको उनले बताए ।

यसैबिच वडाध्यक्ष थापाले पात्लेपानी स्वास्थ्य चौकीमा प्रसूती गराएका ८ नम्बर वडाका पाँच जना महिलालाई नगद दुई हजारका दरले आर्थिक सहयोग प्रदान गरेका छन् । आर्थिक सहयोग पाए पछि वडाका सुुत्केरी महिला खुसी भएका छन ।

यस्तै गत आईतबार शैक्षिक सुधारका साथै विद्यालय बीच एक रुपता कायम गर्नका लागि टाइ र वेल्ट बितरण गरेको वडाध्यक्ष थापाले जानकारी दिए । उनले पात्लेपानीमा रहेको जनज्योति माध्यमिक विद्यालय र विद्यापोखरी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई टाइ र वेल्ट वितरण गरेका हुुन् । थापाका अनुसार वडामा रहेका अन्य २ वटा प्राथमिक विद्यालयका बिद्यार्थीका लागि समेत टाइ र वेल्ट पठाइएको छ ।

यस अघि वडाका ३ वटा प्राथमिक बिद्यालयका बिद्यार्थीलाई ६५ हजार बराबरको बिद्यालय पोशाक बितरण गरेको वडाध्यक्ष थापाको भनाई छ । बिद्यालय पोशाक , टाइ र वेल्ट व्यतिmगत खर्चमा बितरण गरिएको हो । निः शुल्क पोशाक सहित टाइ र वेल्ट पाए पछि बिद्यार्थीका साथै अभिभावक समेत खुसी भएका छन ।

थापा गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।