भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले भद्रपुर ५ स्थित मेची नदिको पुल छेउमा स्वागत बोर्ड स्थापना गरेको छ ।

सीमा नाका भारतवाट नेपाल प्रवेश गर्ने नागरिकलाइ स्वागत गर्ने उदेश्यले सो बोर्डको स्थापना गरिएको क्लबका पव्लीक इमेज को–अडिनेटर नितेश वर्माले बताए ।नगरपालिका र राज्यले गर्नुपर्ने काम क्लबले गरेकोमा नगर प्रमुखले क्लबलाइ धन्यवाद दिदै अन्य सामाजिक कार्यमा समेत नगरले क्लबसँग हातेमालो गर्ने प्रतिवद्धता जनाए ।

भरखरै मात्र मेची पुलमा सडक वत्ति जडान गरी सीमा नाकालाइ उज्यालोे पार्ने कार्य वडाले गरेको र क्लबले स्वागत बोर्ड स्थापना गरी थप सुन्दरता प्रदान गरेकोमा वडा अध्यक्ष वन्धु कार्कीले धन्यवाद दिए ।

स्वागत बोर्ड निर्माणमा करिव ४० हजार खर्च लागेको क्लबका प्रेसिडेन्ट नोमीनि विनोद चापागाइले जानकारी दिए ।

कार्यक्रममा रोटरीयनहरु पवन श्रेष्ठ, प्रदिप सरावगी, सुरेश मित्तल लगायत सुरक्षाकर्मीहरुको उपस्थिति रहेको पाष्ट प्रेसिडेन्ट विगत ओझाले जानकारी दिए । क्लबका अध्यक्ष इश्वर अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतित्थ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।