विजयपुर । राष्ट्रिय सेवा दल कवाज तालिममा आइडल इङ्लिस स्कुलका विद्यार्थी उत्कृष्ट दरिएका छन् ।

आइडल इङ्लिस बोर्डिङ स्कुलका पिउस राई सिनियर अन्डर अफिसर भएका छन् । यस्तै कम्पनी कमान्डर रोहन श्रेष्ठ भएका छन् ।

पूर्वी शिक्षालय याङ्शिलाका प्रमुख सेनानी तथा शिक्षाधिकृत विमल केसीका अनुसार राष्ट्रिय सेवा दल कवाज वार्षिक कार्यक्रमअन्तर्गत गरिएको हो । सोमबार सम्पन्न तालिममा ५ सय ४० विद्यार्थी दीक्षित भए । कक्षा १० सम्मका विद्यार्थीहरूले राष्ट्रिय सेवा दलको तालिम लिएका थिए ।

नेपाली सेनाको पूर्वी शिक्षालय याङ्शिला मोरङबाट दीक्षित भएका हुन् । कवाजमा १७ जिल्लाका १५ स्कुलको ५ सय ४० विद्यार्थीहरूले तालिम लिएका थिए ।

साउन १ गतेदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको थियो । उनका अनुसार सेवा दलका क्याडेटहरूले राष्ट्रिय विपद् परेका बेलामा प्रयोग गरिन्छ । तालिममा विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइन्छ । तालिममा विभिन्न प्रतियोगिताहरू पनि हुन्छन् ।

प्रमुख सेनानी केसीले सबैभन्दा राम्रो धरानको आइडल स्कुल भएको उनले बताए । उनले भने, ‘राष्ट्रिय सेवा दलबाट दीक्षित भएपछि एनसीसी क्याडेट हुन्छन् । उनीहरूलाई राज्यले आवश्यकता परेको बेला बोलाउन सक्छ । सुरक्षाको प्रत्याभूति दिनुपर्छ ।’ उनका अनुसार पुस ७ गतेदखि ४८ औँ तालिम सुरु हुनेछ ।