विजयपुर । धरान ११ का विपन्न परिवारलाई कपडा वितरण गरिएको छ । सोमबार धरान ११ को वडा कार्यालयले विपन्न महिलाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
कार्यालयले ज्ञानोदय मा.वि. मा कार्यक्रम आयोजना गरि न्यानो कपडा बलाङ्केट वितरण गरेको हो । आर्थिक वर्ष २०७९/८० को लक्षित वर्ग कार्यक्रम अन्तर्गत ७५ हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरेको धरान ११ का वडाध्यक्ष लोकेन्द्र कुमार फागुले बताए ।
उनका अनुसार ४७ जना महिलाहरुलाइ न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा कार्यपालिका सदस्य रबिन गुरुङ , वडा सदस्य संगीता लोहनी र डम्बर अधिकारीलगायतको उपस्थिति रहेको थियो ।