Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल

alt
  • भदौ १४, २०८१
  • ब्लाष्ट खबर

राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिमा आजदेखि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ।


समितिको आज बसेको बैठकमा पहिलो पटक उक्त विधेयक माथि छलफल सुरु गरिएको हो ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा रहेका देहायका समस्यालाई विधेयक आवश्यक भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए ।

विधेयक पारित भएपछि नेपालमा नवीकरणीय ऊर्जाको विकास हुने, वितरणको सहज वातावरण तयार हुने तथा ऊर्जा दक्ष प्रविधि र उपकरण प्रयोगमा ल्याउन सकिने उनले उल्लेख गरेका छन्।

वातावरण तयार भएपछि वस्तु तथा सेवाको उत्पादन घट्दै जाने र वातावरण संरक्षणमा थप टेवा पुग्न गई जलवायु परिवर्तनको असर न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने मन्त्री खड्काको भनाइ थियो ।

“ऊर्जा दक्षताबाट बचत भएको ऊर्जालाई पहुँच कम भएको क्षेत्रमा वितरण गरी राज्यको दिगो विकास हासिल गर्ने उद्देश्य प्राप्तिमा सघाउ पुग्दछ,” उहाँले भन्नुभयो, “ग्रामीण ऊर्जा नीति, २०६३ ले परिकल्पना गरेको नवीकरणीय ऊर्जाको विकास र विस्तार गर्न तथा राष्ट्रिय ऊर्जा दक्षता रणनीति, २०७५ ले परिकल्पना तथा ऊर्जा दक्षता अभिवृद्धि गर्न र ऊर्जा संरक्षणका सम्बन्धमा नियमन व्यवस्थापन गर्ने कानुनको अभावलाई पूर्ति गर्न विधेयक जरुरी छ ।”
मन्त्री खड्काका अनुसार नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका सम्बन्धमा सङ्घीय इकाइबीच अधिकार जिम्मेवारीको बाँडफाँट गर्न तथा आपसी समन्वय गर्ने सङ्घीय कानुनको आवश्य पूरा गर्न र नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको क्षेत्रलाई नियमन गर्ने नियमनकारी निकाय अभाबलाई पूर्ति गरी आवश्यक अधिकार प्रदान गर्ने उद्देश्य छ।

ऊर्जाको असमान र अनावश्यक प्रयोग गर्ने अभ्यास तथा प्रणालीको कारण सिर्जित समस्यालाई सम्बोधन गर्न समेत विधेयक आवश्यक पर्ने उहाँको भनाइ छ। समितिका सभापति जयन्तीदेवी राईले सबै सरोकारवालासँग थप छलफल गरेर अघि बढ्ने बताए।
सम्बन्धित समाचार
सुँगुर फार्ममा भारतीय नागरिक मृत भेटिए

भद्रपुर । बिर्तामोड–६ स्थित सुँगुर फार्ममा एकजना मानिस मृत फेला परेका छन् । ...

औपचारिक पत्रमा अशिष्ट भाषाः धरानका नगर प्रमुख साम्पाङको शैलीमाथि प्रश्नै प्रश्न

धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले धरानको छात ...

कोशीमा बढ्दो पारिवारिक हत्या

विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय पारिवारिक अपराधको भयावह रूप देखिन थाले ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुँगुर फार्ममा भारतीय नागरिक मृत भेटिए
औपचारिक पत्रमा अशिष्ट भाषाः धरानका नगर प्रमुख साम्पाङको शैलीमाथि प्रश्नै प्रश्न
कोशीमा बढ्दो पारिवारिक हत्या
पूर्व राष्ट्रपतिको सक्रियहताले ओेलीलाई त्रास
सहकालको स्वागतमा राँकेभूत जलाउने सिक्किमेलीहरू
आजको राशिफलः २०८२ साल साउन ८ गते बिहीबार
कोशी प्रदेशमा एक बर्षमा झण्डै २७ हजार केजी गाँजा बरामद
धरान–चतरा खण्डको दुई खोलाका पुल सुचारु
रोटरी क्लबको पदस्थापन सम्पन्न
काँकरभिट्टा नाकाबाट २२ अर्ब १६ करोडको कृषिजन्य वस्तु निर्यात
महानगरको राजस्व सङ्कलन लक्ष्यभन्दा कम
बोलेरो दुर्घटनामा नौ घाइते, पाँचको अवस्था गम्भीर
धरानमा गोरु काटेर खाएको आरोपमा ७ जना पक्राउ
विकेन्द्रीकरणः सिद्धान्त सही, कार्यान्वयन कमजोर
आजको राशिफलः २०८२ साल साउन ६ गते मङ्गलबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved