Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

alt
  • असार १, २०८२
  • ब्लाष्ट खबर

भोजपुर।भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन्। एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन्।


यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताएका छन्। हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ बिरुवा धमाधम विस्तार गरिरहेको उनले बताएका छन् ।

“हाम्रो क्षेत्रका धेरै किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन्”, उनले भने, “सुन्तलालाई एकपटक विस्तार गरेपछि सामान्य हेरचाह गरेपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ। अन्य बालीको तुलनामा सुन्तलालाई बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानले सुन्तलाको व्यावसायिक खेती रोजेको देखिन्छ ।” वडा कार्यालयले सुन्तलाखेतीमा लाग्ने किसानलाई बिरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ। यहाँको भङ्गेरी तथा पालुवा सुक्खा क्षेत्र भए पनि वडाले सिँचाइका लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको उनको भनाइ छ। सिँचाइका लागि वडाले कुलो निर्माण, प्लाष्टिक पोखरी, पाइप वितरणलगायत काम गरिरहेको उनले जानकारी दिए। भोजपुर –६ मा कृषि तथा फलफूलखेतीका लागि उपयुक्त भूगोल रहेकाले वडाले सुन्तलासँगै कृषि क्षेत्रको विकासमा जोड दिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए। यहाँ देखिएका कृषि क्षेत्रका समस्यालाई ध्यानमा राख्दै खेती विस्तारका लागि आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष कार्कीको भनाइ छ।
सम्बन्धित समाचार
श्रमिक कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–४ का तीन जना श्रमिकलाई निर्घात कुटपि ...

लागूऔषध कारोबारी एमाले नेता निलम्बित

भदपुर । लागूऔषध कारोेबारमा संलग्न भएको अभियोग लागेका नेकपा (एमाले)का बिर्ता ...

रोशनलाई आर्थिक सहयोग प्रदान

धरान । धरान–८ अरुणटोलस्थित सुकुम्बासी बस्तीका बिरामी रोशन राईलाई आर्थिक सहय ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
श्रमिक कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग
लागूऔषध कारोबारी एमाले नेता निलम्बित
रोशनलाई आर्थिक सहयोग प्रदान
आजको राशिफलः २०८२ साल साउन ४ गते आइतबार
बुढीखोलाको काखमा पितृ उद्धारका लागि ‘कोटीहोम’ हुने
औषधिको गोदामबाटै लागूऔषध धन्दा, एक पक्राउ
नाङ्लो ठटाई लुतो फालियो
धरान इटहरी सडक खण्डमा एकको मृत्यु
धरान नगरमा अर्को फटाइँ: निर्देशिका लत्याई विद्यालय नर्स पदको विज्ञापन
ठगीमा संलग्न प्रहरीकै मोटरसाइकलमा घुमघाम
स्व. तारा सुब्बाको सम्झनामा स्मृति सभा
सार्वजनिक सम्पतिमा जनचासो जरुरी
आजको राशिफलः २०८२ साल साउन २ गते शुक्रबार
कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णयविरुद्ध कर्मचारी आन्दोलित
इटहरीका प्रमुखले सवारीमा खर्चिए १२ करोड
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved