विराटनगर (ब्लाष्ट) सानो पाइलाबाट सुरु भएको एउटा स्वास्थ्य संस्थाले कसरी आफ्नो सहर र समग्र क्षेत्रको स्वास्थ्य सेवाको पर्याय बन्न सक्छ भन्ने जीवन्त उदाहरण विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल बनेको छ ।
स्थापनाको २५ औं वर्षगाँठ मनाउँदै गर्दा, यो अस्पताल ‘बिरामीको पहिलो रोजाइ’ मात्र बनेको छैन, बरू विराटनगरलाई एक प्रतिष्ठित ‘मेडिकल हब’ बनाउने अभियानको एक प्रमुख स्तम्भको रूपमा स्थापित भएको छ ।
वीरेन्द्र सभा गृह हलमा शनिबार आयोजित एक भव्य समारोहका बीच अस्पतालले आफ्नो रजत जयन्ती मनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अस्पतालका संस्थापक, कर्मचारी, चिकित्सक र शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले २५ वर्षको यो यात्रा अविस्मरणीय रहेको बताए । उनले भने, “आजभन्दा २५ वर्षअघि एउटा सानो ‘न्यूरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर’ को रूपमा हामीले यात्रा सुरु गरेका थियौं । आज यो संस्थाले २५ लाखभन्दा बढी सेवाग्राहीको विश्वास जितेको छ । यो सफलताको सम्पूर्ण श्रेय म हाम्रा कर्मठ कर्मचारीहरूलाई दिन चाहन्छु, जसको अथक परिश्रम र समर्पणविना यो सम्भव थिएन ।”
रजत जयन्तीको अवसरमा अस्पतालले भविष्यका लागि अझ बृहत् र योजना सार्वजनिक गरेको छ । डा. विष्टले न्यूरो अस्पताल अब विराटनगरमा मात्र सीमित नरहने घोषणा गरे । “अब हामी हाम्रो सेवालाई कोशी र मधेश प्रदेशका थप तीन स्थानमा विस्तार गर्दैछौँ” उनले भने, “हाम्रो लक्ष्य यसलाई ‘चेन अफ हस्पिटल’ को रूपमा विकास गरी क्षेत्रीय स्वास्थ्य सेवामा एक नयाँ अध्याय सुरु गर्नु हो ।”
कार्यक्रममा बोल्दै कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताए । न्यूरो अस्पतललाई उनले रजत जयन्तीको सफलताको शुभकामना दिए । त्यसैगरी कार्यक्रममा गायिका आनी छोइङ डोल्माले गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरिन् ।
यसका साथै, हाल १ सय ५० शøयामा सञ्चालित अस्पताललाई निकट भविष्यमै २ सय ५० शøयामा स्तरोन्नति गरिने योजनाले यसको सेवा प्रवाह क्षमतामा ठूलो फड्को मार्ने निश्चित छ । यो विस्तारले न्यूरोलाई एक स्वास्थ्य संस्थाबाट क्षेत्रीय स्वास्थ्य सेवाको सञ्जालको रूपमा रूपान्तरण गर्नेछ ।
वि.सं. २०५७ साल भदौ ८ गते तत्कालीन बेलायती राजदूतद्वारा उद्घाटन भई नेपालकै पहिलो न्यूरोलोजीको ओपिडी तथा आइपिडी सेवा प्रदान गर्ने संस्थाको रूपमा न्यूरोको जन्म भएको थियो । काठमाडौंबाहिर विशिष्टीकृत न्यूरो सेवाको अभावलाई पूर्ति गर्ने यो कदम आफैमा एक क्रान्ति थियो । त्यसपछिका वर्षहरूमा अस्पतालले निरन्तर प्रविधि र सेवामा नयाँपन आत्मसात ग¥यो । २०६२ः ‘न्यूरो हस्पिटल’ को रूपमा रूपान्तरण र सिटी स्क्यान मेसिन जडान गरेको थियो । २०६७ः निजी स्तरबाट पूर्वाञ्चलकै पहिलो न्यूरो सर्जरी सेवाको सुरुवात, जसले जटिल शल्यक्रियाका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता अन्त्य गरेको छ । २०७०ः ‘न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल’ मा परिणत भई विभिन्न विभागहरू थप गरेको छ ।
२०७१ मा पूर्वकै पहिलो क्याथल्याव सेवाको सुरुवात, जुन मुटु रोगीहरूको उपचारमा कोशेढुङ्गा साबित गरेको छ । २०८१ मा विश्वविख्यात जीई कम्पनीको नेपालकै पहिलो १ सय २८ स्लाइस एपार्ड सिटी स्क्यान मेसिन जडान गरी निदान प्रविधिमा अर्को छलाङ मारेको छ । २५ वर्षको अवधिमा अस्पतालले ७ हजार ५ सयभन्दा बढी सफल न्यूरो सर्जरी, ५ हजारभन्दा बढी मुटुसम्बन्धी प्रोसिड्युर र ६ हजारभन्दा बढी हाडजोर्नीका शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।
रजत जयन्ती समारोहमा अस्पतालले आफ्नो २५ वर्षे यात्राको स्मारिका विमोचन गरेको थियो । सोही अवसरमा संस्थाको विकासमा महŒवपूर्ण योगदान पु¥याउने २५ जना कर्मचारीलाई सम्मान ग¥यो । अस्पतालका ९ जना डाक्टरलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा अस्पतालका डा. निकेशराज श्रेष्ठ, डा. रोशन आचार्य, डा. सुदीप खनिया, डा.पन्नालाल साह, डा.मन्जिल श्रेष्ठ, डा. सगरराज पाण्डे, डा. रञ्जन थापा रहेका छन् ।
त्यसैगरी अस्पतालका भरत श्रेष्ठ, पूजा पन्त र सागर धमलालाई विशेष सम्मान गरिएको छ । सम्मानित सबैलाई प्रमुख अतिथि स्वास्थ्यमन्त्री पौडेलले सम्मान गरे ।
अस्पतालले आफ्नो वार्षिकोत्सव केवल समारोहमा सीमित राखेको छैन । सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पु¥याउन भदौ ८ देखि १४ गतेसम्म २५ वटा विभिन्न स्वास्थ्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ ।