श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ ८ गते आइतबार, २४ अगष्ट २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र शुक्लपक्षको प्रतिपदा तिथि ११ः१४ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वफाल्गुनी ०२ः३७ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः३९ बजे र सूर्यास्त ०६ः३१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अवसरका साथै चुनौतीसमेत देखापर्ने समय छ। काम थाल्ने साइत जुरे पनि सोचेको लाभ नहुन सक्छ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। चिन्ताले सताउन सक्छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। परिस्थिति नमिल्दा योजना अधुरै रहनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याएर अघि बढ्नुहोला। राम्ररी काम गर्न नसक्दा पछि परिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। पारिवारिक मतभेदले व्यवधान निम्त्याउला।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

महŒवाकाङ्क्षी योजना सार्वजनिक नगर्नुहोला।प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रोकिएका काम बन्नेछन् भने नयाँ काम सुरु गर्न पनि सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अरूका विषयमा चासो लिँदा केही झमेला आइलाग्न सक्छ। जिम्मेवारी आउनाले सावधानीले मात्र कार्यसिद्धि हुनेछ।