मदनबाबु प्रसाई
उर्लाबारी / उर्लाबारीमा पहिलो पटक शनिबारदेखि दुई दिने सडक फुड फेष्टिवल सुरु भएको छ । उर्लाबारी नगरपालिकाको स्थापना दिवसको अवसरमा नगरपालिका र उर्लाबारी उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा फुड फेष्टिवल सुरु भएको हो । सो फेष्टिवलको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले उद्घाटन गरेका हुन् । फेष्टिवलमा स्थानीय जातजातिका परिकारसहित विभिन्न खानाका परिकारहरुको २० वटा स्टलहरु रहेको उवासंघका महासचिव मिलन गौतमले जानकारी दिए । उद्घाटन अघि नगर क्षेत्रमा विभिन्न पोसाक र झाँकीसहितको ¥याली प्रदर्शन गरिएको थियो ।
उवासंघका अध्यक्ष भरत भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशश प्रसाई, नगर विकास समितिका अध्यक्ष केशव कार्की, पूर्वाधार विकास समितिका अध्यक्ष भोलामान श्रेष्ठ, समाजसेवी जयधर्म आचार्य, एमाले जिल्ला सहसचिव विद्या चाम्लिङ, नगर अध्यक्ष मनोरथ भण्डारी, नयाँ शक्ति नेपालका क्षेत्रीय संयोजक मनोहरी दाहाल, नेपाली कांग्रेसका नगर सभापति बीरबल थापा, एमाओवादीका नगर अध्यक्ष राजेन्द्र पौडेल, राप्रपा नेपालका नगर अध्यक्ष राजेन्द्र कार्की, राप्रपाका नगर अध्यक्ष ओमबहादुर कार्की, संघीय समाजवादी फोरम नेपालका नगर अध्यक्ष रामकुमार राई, संघका वरिष्ठ उपाध्यक्ष तारामान लिम्बु लगायतले फेष्टिवलको सफतालको शुभकामना व्यक्त गरेका थिए ।