uabaधरान/ सुनसरी उद्योग बाणिज्य संघको अध्यक्षमा राजेन्द्र साह ५६७ मत प्राप्त गर्दै विजयी बनेका छन् । उनका प्रत्यासी कृष्णकुमार अग्रवालले ५२६ मत प्रापत गरे ।
सोमबार सम्पन्न निर्वाचनबाट साह आगामी तीनवर्षको लागि अध्यक्षमा निर्वाचित बनेका हुन् । यसअघि उनी तीनपटकसम्म पराजय भोगेका थिए । अध्यक्षको लागि कुल ११ सय २९ मत झरेका थियो भने ३६ मत बदर भएको थियो । त्यस्तै उद्योग तर्फ विजय श्रेष्ठ, महेन्द्र प्रधान, शिवराज श्रेष्ठ, पियुषराज आचार्य निर्वाचित भएका छन् । श्रेष्ठले १९४ मत, प्रधानले १७०, श्रेष्ठले १६३ र आचार्यले १५७ मत प्राप्त गर्दै विजयी बनेका हुन् । उद्योगमा ४ पदका लागि १० जना भिडन्त गरेका थिए ।
बाणिज्यको महिलामा सुभेच्छा अधिकारी श्रेष्ठ २९९ मत प्राप्त गर्दै विजयी बनेका

छन् । महिलामा ४ जनाले भिडन्त गरेका थिए । बाणिज्यको पुरुषमा ४१३ मत प्राप्त गर्दै नविन राजभण्डारी विजयी बनेका छन् । त्यस्तै गिरीधारी सापकोटा ४०७ मत, मनोज श्रेष्ठ ३६९, उपेन्द्र चाम्लिङ ३३०, किशन मास्के ३२१, मानबहादुर बिक ३०१, किरणकुमार अग्रवाल २९७ र राजेश अग्रवाल निर्वाचित भए ।
राजेश र शशी साहले समान २९५ मत प्राप्त गरेका थिए । गोलाप्रथा अनुसार अग्रवाल विजयी बनेका हुन् । यस अघि पनि अग्रवाल रामस्वरुप शर्मासँग समान मत ल्याएपछि गोलाप्रथामै हार बेहोरेका थिए । बाणिज्यमा २२ जनाबिच भिडन्त भएको थियो । बस्तुगत तर्फ दिपककुमार श्रेष्ठ, एसोसिएट तर्फ अनिल अग्रवाल, र संजय अटल साथै उद्योगको महिलामा बिमला श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
बाणिज्यमा कुल ७६७ मत खसेको थियो भने उद्योगमा ३२४ मत खसेको निर्वाचन अधिकृत प्रा.डा. राजेन्द्र शर्माले बताए । निर्वाचित अध्यक्षलाई उद्योगी व्यवसायीहरुलाई अविर जात्रा गराएको थियो ।

अध्यक्षमा बिजयी भएपछि राजेन्द्र शाह(बिचमा) सहित अन्य सदस्यहरु सामुहीक तस्वीर लिदै