एक्सन राई ,
भोजपुर /जिल्ला विकास समिति भोजपुरले प्रक्रिया पुरा नगरि स्थायि कर्मचारी नियुक्ति गरेको छ । जीबिसले रिक्त दरबन्दीमा समायोजन भन्दै प्रकृृयानै पुरा नगरि दुई जना स्थायी कर्मचारी नियुक्ति गरेको हो ।
स्थानीय स्वायत्त शासन नियमावली ०५६ को नियम २ १७ को उपनियम ३मा प्रकृया पुरा नगरि कर्मचारी नियुक्ति गर्न नपाईने ब्यबस्था छ । जीबिसले भने नियमावलीको वास्तै नगरि २४ औ जिल्ला परिषदको निर्णयलाई आधार मानेर कर्मचारी नियुिक्त गरेको छ । स्मरण रहोस जिल्ला परिषदमा पनि नियमावली बिपरीत गएर परिषदमा निर्णय गराउनु अख्तियारीको दुरुपयोग हो । जिल्लाको च्याङ्ग्रे र तिवारीभञ्ज्याङ गाविसमा ‘गरिबसंग विश्वेश्वर कार्यक्रम’ का लागि नियुक्ति भएका सामाजिक परिचालकहरु सुमित्रा रिजाल र देवीप्रसाद तिवारीलाई स्थानीय विकास कोषमा काज नियुक्ति गर्दै अहिले जिल्ला विकास समितिको स्थायी रिक्त खरीदारको दरवन्दीमा नियुक्ति गरिएको हो ।पद समायोजन गर्ने भन्दै उनीहरुलाई नियुक्ति गरिएको हो । जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी भानुभक्त न्यौपाने र तत्कालिन योजना अधिकृत खगेन्द्र गिरीको मिलोमत्तोमा नियमावलीको बेवास्ता गर्दै पदपुर्ति समिति र प्रशासन फाँटलाई थाहै नदिई नियुक्ति गरिएको जिबिस श्रोतले जानकारी दिएको छ । कुनै पनि कर्मचारी नियुक्ति गर्दा आन्तरिक वा खुल्ला प्रतिस्प्रधाबाट गर्नु पर्ने स्पस्ट कानुनी ब्यबस्था छ । स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेले प्रकृया पुरा गरेरै नियुक्ति भएको जानकारी दिए । तर कर्मचारी नियुक्तिदेखी अवकाशसम्मको सम्पुर्ण कार्य गर्ने जिबिस प्रशासन भने यस बारेमा बेखबर छ । प्रशासन प्रमुख बुद्ध तामाङले यस बारेमा औपचारिक जानकारी नआएको बताए ।दरबन्दि समायोजन गरि कर्मचारी नियुक्ति गरेको औपचारीक जानकारी नआएको उनले बताए ।नियम बिपरित नियुक्ति भएका कर्मचारीहरुल हाजिरी सुरु गरेका छन् (हेर्नुस् तस्विर) ।
जीबिसको लेखा शाखाले समायोजन गरिएको भनिएको दुई कर्मचारीले स्थानीय विकास कोष अन्तर्गत सामाजिक परिचालककै तलब थापि रहेकोे लेखा प्रमुख प्रतित प्रधानले जानकारी दिए ।उनीहरुले हालसम्म स्थानीय विकास कोषबाट तलब, सेवासुविधा दिदै आएको जानकारी दिदै उनले भने “नियुक्त कर्मचारीहरुको तलबका सम्बन्धमा कुनै लिखित तथा मौखिक विवरण प्राप्त भएको छैन ”। तर सुमित्रा रिजाल र देवीप्रसाद तिवारीले भने कार्यक्रमको सामाजिक परिचालकको रुपमा नभई जिल्ला विकास समिति खरिदारको रुपमा हाजिरी गर्दै आएका छन् । जिल्ला विकास समितिमा कार्यरत खरिदार मिट्ठु गुरुङ र रञ्जु श्रेष्ठको रिक्त स्थानमा उनीहरुलाई अबैधानीकबाटोबाट नियुक्ति गरिएको हो । मिट्ठु गुरुङ स्वास्थ्यको कारण ३ बर्षअघि राजिनामा दिएका थिए भने रञ्जु श्रेष्ठ दुई बर्ष अगाडी फाइल बढुवा भएकाले उक्त दरवन्दी रिक्त भएको थियो । उनिहरुलाई ०७२ चैत्र २४ गतेको २४ औ जिल्ला परिषद्को पत्रद्धारा पराजुली र रिजाललाई नियुक्ति दिने अबैध निर्णय भएको थियो । तर समायोजन मात्र गरिएको हुदाँ नियुक्ति भई नसकेको र प्रक्रिया अगाडि बढि रहेको स्थानीय विकास अधिकारी न्यौपानेले बताए । यो आगामी आर्थिक बर्षमा कार्यान्वयन हुने जिल्ला परिषदको निर्णय हो,अहिले न कार्यान्वयन भएको छैन उनले भने यहाँ अख्तियारीको दुरुपयोयग भएको छैन । तर तिवारी र रिजाललाई दिएको नियुक्ति पत्र चलानी खातामा दर्ता भएको पाइएको छ । कार्यालयको दर्ता चलानी पुस्तिकामा चलानी नं १४३९ र १४४० मा तिवारी र रिजाललाई ‘पदसमायोजन’ उल्लेख गरी नियुक्ति पत्र दिएको पाइएका छ (हे.तस्विर) ।
उनीहरुलाई दिईएको नियुक्त पत्रको दर्ता समते दर्ता शाखाका कर्मचारीले नभई अरुले नै गरेको देखिन्छ ।‘गरिबसंग विश्वेश्वर’ अन्तर्गतका ग्रामिण क्षेत्रमा काम गर्ने कर्मचारीलाई जिल्ला बिकाश समितीको आवास समेत उपलब्ध गराएर राखिएको छ ।
विना प्रक्रिया कर्मचारी नियुक्ति गरिएको बिषयमा स्थानीय विकास मन्त्रालयका प्रबक्ता सहसचिव पूर्णचन्द्र भट्टराईसंग जानकारी लिदाँ कर्मचारी नियुक्ति गर्दा पदपूर्ति समितिले आवश्यक प्रक्रियाको आधारमा छनौट गरेपछि मात्रै नियुक्ति गर्नपाउने कानुनी व्यवस्था रहेको बताए । पदपूर्ति समितिका निर्णय विना नियुक्ति गरिएको भए बैधानिक नहुने पनि भट्टराईले जानकारी दिए । यदि विना प्रक्रिया कुनै नाममा कर्मचारी नियुक्ति गरिएको भए त्यो अख्तियारीको दुरुपोयाग हो , दुरुपयोग गर्नेलाई आवश्यक छानवीन गरी आवश्यक कारवाही हुन्छ ’ भट्टराईले भने । राज्यको सुविधा पाउँदा राज्यको नियम पनि पालना गर्नुपर्छ उनले भने “कर्मचारी नियुक्ति गर्दा राज्यद्धारा निर्दिष्ट नियमहरुलाई पालना नगरे अख्तियारको दुरुपयोग हो” । यता जिल्ला विकास समितिका पदपुर्ति समितिका संयोजक श्यामप्रकाश तमोटले पदपूर्तिको सन्दर्भमा आफुलाई कुनै जानकारी नभएको र समितिले कुनै कर्मचारीलाई छनौट नगरेको बताएका छन् । कर्मचारी नियुक्तिको बारेमा आफैुलाई औपचारिक रुपमा थाहा नभएको र बाहिर हल्लामात्रै सुनेको बताए ।